निर्मला हत्या प्रकरणः थप ४ जनाको डीएनए परीक्षण

कात्तिक १४, कञ्चनपुर । निर्मला बलात्कार तथा हत्या काण्डको अनुसन्धानमा प्रहरीले थप ४ जनाको डिएनए नमुना संकलन गरी काठमाडौँ पठाएको छ । 

कञ्चनपुर प्रहरीले अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको डिएनए नमुना संकलन गरी काठमाडौँ पठाएको हो । घटनास्थल आसपासका खराब पृष्ठभूमि भएका व्यक्तिहरुमाथि प्रहरीले नमूना परिक्षण थालेको हो । तर नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । 

प्रहरीसँग अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई अनुसन्धानको आधार बनाएको हो । 

null

यसअघि पनि शंकाको घेरामा रहेका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, भनपाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट र प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका मानसिक सन्तुलन ठिक नभएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिप विष्टको डिएनए परिक्षण गरिसकेको छ । 

प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक सय बढीको नमूना संकलन हुन सक्ने जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *