मेस्सी बिनै बार्सिलोनाले इन्टरमिलानलाई हरायो

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएको बार्सिलोनाले खेलमा धेरै कठिनाइ भोग्नु परेन । 

 

खेलको सुरुवातमा इन्टरले केहि राम्रो अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । सुरुवाती लयलाई निरन्तरता दिन नसक्दा इन्टरमाथि बार्सिलोना हावी हुँदै गएको थियो । बार्सिलोनाले ३२ औं मिनेटमा राफिन्हाको गोलमा अग्रता बनायो । लुइस सुआरेजको क्रसमा उनले भलीमार्फत गोल गरेका थिए । 

null

 

पहिलो हाफमै इन्टरका गोलरक्षक सामिर हान्डानोभिचले लुइस सुआरेज र क्लेमेन्ट लेङलेटको प्रहारलाई विफल तुल्याएका थिए । फिलिपे कोउटिन्होले दोस्रो हाफमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । ८३ औं मिनेटमा भने बार्सिलोनाले अग्रता दोब्बर पार्यो । जोर्डी अल्बाले इभान राकीटिचको पासको सदुपयोग गर्दै दोस्रो गोल गरे । 

च्याम्पियन्स लिगमा लगातार तेस्रो जितसँगै बार्सिलोना समूहको शीर्ष स्थानमा उक्लिएको छ । ९ अंक जोडेको बार्सिलोनालाई ६ अंक जोडेको इन्टरले पछ्याईरहेको छ । टोटेनहम र पीएसभीको खेल २-२ को बराबरीमा सकिएपछि दुवै टोलीको १-१ अंक भएको छ । 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *