साबिकको विजेता रियलले भिक्टोरियालाई जित्यो

एजेन्सी । साबिकको विजेता स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई २ – १ ले हराएको हो । 

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्सेलोले एक एक गोल गरे । भिक्टोरियाका प्याट्रिक ह्रोसोभ्स्काईले एक गोल फर्काए । 

 

null

सान्टियागो बेर्नाबेउमा खेलको ११ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गर्यो । 

खेलको ५५ औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको  ७९ औं मिनेटमा भिक्टोरियाका प्याट्रिकले एक गोल फर्काएपछि रियलले २ – १ गोलको जित निकाल्यो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *