युरोपा लिग फुटबलमा चेल्सीको लगातार तेस्रो जित

काठमाडौं । चेल्सीले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । 

युरोपा लिगको समूह एलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा बाटे बोरिसोभलाई चेल्सीले ३–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा लोफ्टस चेकले ह्याट्रिक गोल गरे । उनकै तीन गोलमा चेल्सीले बाते बोरिसोभलाई सहजरुपमा पराजित गरेको हो । यता बाटे बोरिसोभका लागि रियोसले गोल गरेका थिए । 

 

null

खेलको दोस्रो मिनेटमा गोल गर्दै लोफ्टसले चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको आठौं मिनेटमा लोफ्टसले ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई दोब्बर अग्रता दिलाएका थिए । 

पहिलो हाफमा २–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप १ गोल गर्दा बाटे बोरिसोभले पनि एक गोल फर्काउन सफल भएको थियो । खेलको ५३ औ मिनेटमा लोफ्टसले ब्यक्तिगत तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । 

 

खेलको ७९ औ मिनेटमा बाटे बोरिसोभका लागि रियोसले गोल फर्काएपनि चेल्सीलाई रोक्नको लागि पर्याप्त भएन । 

जितसँगै समूह एलमा रहेको चेल्सीले लगातार तीन खेलमा जित हात पार्दै ९ अंक बनाएको छ । पराजित बाटे बोरिसोभको भने ३ खेलबाट ३ अंक मात्रै रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *