बौद्धबाट एक लाख बढी नगदसहित १० जुवाडे पक्राउ

असोज २९, साँखु । महानगरीय प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिकाबाट १० जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका –५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हाे । 

उनीहरुलाई आइतबार मध्यराति रु एक लाख १५ हजार नगद र सोह्र थान कौडासहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५२ वर्षीय कान्छा शेर्पा, ४१ वर्षीय टाँसी शेर्पा, ४० वर्षीय श्रीराम लामा, ४५ वर्षीय श्याम लामा, ४४ वर्षीय नुर्वु शेर्पा, ४८ वर्षीय बालकृष्ण सुवेदी, ३८ वर्षीय विजय तामाङ, ३२ वर्षीय सन्दिप गुरुङ, ३० वर्षीय कर्साङ लामा र २१ वर्षीय पासाङ लामा रहेका छन् । 

null

पक्राउ पारिएका उनीहरुको थप अनुसन्धानसहित कानूनी कारवाही हुने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *