न्यायाधीसविरुद्ध लहडमा महाअभियोग लगाएर हुँदैन, परिणाम पनि ख्याल गर्नुपर्छ

काठमाडौँ, असोज ९ । सरकारको नेतृत्व गरिरहेको नेकपाले सर्वोच्च अदालतका न्यायाधीस गोपाल पराजुलीलाई महाअभियोग लगाउन अभियान सुरु गरिरहेका बेला सरकारमै सहभागी अर्को दलले बिरोध गरेको छ । 

उप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले लहडका भरमा महाभियोग लगाउन नहुने बताए। 

मंगलबार विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले ठोस आधार र आरोप नभई न्यायाधीसहरु माथि महाभियोग लगाउदा त्यसबाट आउने परिणामको समेत ख्याल गर्नुपर्ने बताए । 

null

यसअघि शुसीला कार्कीविरुद्ध महाअभियोग लगाउँदा कांग्रेसले ठूलो मूल्य चुकाउनु परेको तर्फ संकेत गर्दै यादवले भने महाअभियोग खेलाँची होइन । 

अहिले सम्म आफुहरुलाई महाभियोग लगाउने बारे कुनै जानकारी नभएको स्पष्ट पार्दै ठोस आधार भए मात्र आफुहरुको समर्थन रहने बताए । 

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवले सार्वभौमसत्ता, एकता र अखण्डतामा खलल पार्ने गरी हुने आन्दोलनको कुनै अर्थ नहुने धारणा व्यक्त गरे । 

मधेसमा अहिले पनि विभेद रहेको र यसका लागि संविधान भित्रै रहेर पनि संघर्ष गर्न सकिने उनको नभाई छ । उपप्रधानमन्त्री यादवले मुल्यवृद्धि नियन्त्रण गर्ने भन्दा पनि जनताको आयस्तर बढाउन सरकार क्रियाशिल रहेको दाबी गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *