सिके राउत समूहको खोजी गर्न ‘स्पेसल टास्क फोर्स’

काठमाडौं । स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ ।  

केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि समेटिएको भिडियो रेकर्ड प्रहरी प्रधान कार्यालयमा आइपुगेपछि ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ ।  

प्रदेश प्रमुखको जिम्मेवारी लिएर कार्यक्षेत्रमा जान लागेका डिआइजीलाई केही दिन अघि प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्रदेश प्रहरी प्रमुखको भूमिका प्रभावकारी नभएको र संविधानविपरीत काम गर्ने तत्व सलबलाएकाले सचेत हुन निर्देशन दिएका थिए ।  

null

सो अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख एआइजी पुष्कर कार्कीले पनि सिके राउत समूहको गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका थिए । – नागरिक दैनिक 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *