पोखरा पल्टनले दियाे विराटनगर टाइटनलाई १९८ रनको लक्ष्य

कास्की। पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटनलाई १९८ रनको लक्ष्य दिएको छ ।  

टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा तीन विकेट गुमाउँदै १९७ रन बनाएको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले ५३ रनको साझेदारी गर्दै पोखरालाई दरिलो सुरुआत दिलाएका थिए ।  

कुशल व्यक्तिगत ३८ रन बनाएर सन्दीप लामिछानेको बलमा प्रदीप ऐरीबाट क्याचआउट भएका थिए । त्यसपछि आशिफ र रवी इन्दर सिंहले पोखराको पारी सम्हालेका थिए । उनीहरुले ९४ रनको साझेदारी गरेपछि इन्दर सिंह सन्दीप लामिछानेको बलमा नै क्याच आउट भएका थिए । व्यक्तिगत ४४ रन बनाउँदै उनी पुष्प थापाको बलमा आउट भएका थिए । 

null

विराटनगरका सहाब आलमले टिमलाई तेस्रो सफलता दिलाए । आसिफ शेखले ५२ रन बनाएर प्रदीप ऐरीबाट क्याचआउट भए । त्यसपछि क्रिजमा रहेका विनोद भण्डारी र शरद भेषावकरले ३७ रनको साझेदारी गर्दै पोखरालाई स्थितिमा पुर्‍याएका थिए । विनोदले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ४१ रन बनाएका थिए । विनोदले अन्तिम ओभरमा मात्र २४ रन बनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *