चितवन पुगेर प्रचण्डले भने–सिटी हल र अन्तर्राष्ट्रिय रंगशाला छिटै बन्छ

कात्तिक ११ भरतपुर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा छिटै सिटी हल र अन्तर्राष्ट्रिय रंगशाला छिटै बन्ने बताएका छन् । 

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय सिटी हल र अन्तर्राष्ट्रि क्रिकेट रंगशालको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग विशेष छलफल भएको भन्दै यसको निर्माण प्रक्रिया अब चाँडै सुरु हुने बताए । 

भौतिक पुर्वधार तथा यातायात मन्त्रालय अन्तर्गत भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने आयोजनाहरुको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यहाँको तीव्र विकासलाई देशविदेशले हेरेका छन्, यहाँको विकासको मोडेल कसरी अगाडि बढ्छ भनेर सबैले चासो दिएका छन् । । चितवनलाई यतिबेला देशविदेशले हेरिरहेको उनको भनाइ छ । 

null

चितवनको विकासका लागि सबै मन्त्रालयले केही न केही काम गर्न चासो दिइरहेको बताएका छन् । कार्यक्रममा उनले भरतपुर महानगरमा तीव्र विकासले अगाडि बढिरहेको बताएका छन् । उनले चितवन ऐतिहासिक विशेषताले गर्दा भौतिक पुर्वधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय तथा खानेपानी तथा सरसफाई मन्त्रालयले विशेष चासोका साथ चितवनलाई ध्यान दिइरहेको जानकारी दिए । 

‘चितवन जिल्लाको आफ्नै फरक विषेशता छ, उनले भने, ‘चितवन प्रचण्डको निर्वाचित जिल्ला मात्रै भएर होइन । यसको ऐतिहासिक, भौगोलिक विशेषताले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिवतवनमा सबैको ध्यान केन्द्रित छ ।’ 

भारत र चीन भ्रमणका क्रममा भरतपुरलाई देशकै र अन्तर्रा्ष्ट्रिय रुपमा नमुना बनाउन मित्र राष्ट्र चीन र भारतको उच्च नेतृत्वसँग वार्ता भएको भन्दै उनले चितवनमा अन्तर्रा्ष्ट्रिय परियोजनाहरु सञ्चालन गर्ने तयारी भइरहेको बताए । 

भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दुरीको ठोरी केरुङ लोकमार्ग र ठोरी माडी हुलाकी सडकखण्डको निर्माण कार्य यसै बर्षदेखि प्रारम्भ हुने प्रचण्डको भनाइ थियो । नेपालमा रहेका हुलकी सडकखण्डमध्ये सबैभन्दा सुरुमा यहि हुलाकी सडकको काम भारतले अघि बढाउन लागेको बताए । 

सडक निर्माणका २४ योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भरतपुर महानगरपालिकामा पक्की सडक निर्माणका २६ योजनाहरु पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भरतपुर महानगरमा पक्की सडक निर्माणको लागि साना ठूला गरी २४ योजनाहरु परेको बताए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन हुने आयोजनाहरुको घोषणा कार्यक्रममा मन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्षको लागि भरतपुर महानगरमा सडक निर्माणका धेरै योजनाहरु परेको हुनाले भरतपुर महानगर देशकै नमुना महानगर बन्ने बताए । उनले भरतपुर महानगरमा पुराना योजनाहरुलाई पनि प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताए । कार्यक्रममा मन्त्री महासेठले रेलमार्ग र जलमार्ग दुवैले चितवन छोएर जाने बताए । उनले भने, ‘मुग्लिनदेखि नारायणगढसम्म १४ वटा पुल निर्माणको काम अघि बढेको छ, डीपीआरको काम सुरु भएको छ ।’ 

मन्त्री महासेठले पुल्चोकदेखि गोन्द्राङसम्मको बजारलाई ६ लेनको बनाउन डीपीआरको काम सकिएको जानकारी दिए । उनले भने, ‘पुल्चोकदेखि गोन्द्राङसम्म आकर्षक गार्डेनसहितको ६ लेन सडक निर्माणको काम यही सालदेखि अघि बढ्छ ।’ बुटवल नारायणगढ सडक चार लेनको हुने उनको भनाइ थियो । मन्त्री महासेठले नारायणगढ ठोरी हुलाकी सडक निर्माणको काम पनि यही सालदेखि अघि बढ्ने बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *