सेनानीसहित झण्डै १८० माथि कोर्ट मार्शल, सैन्य भर्नामा अनियमिता गरेको अभियोग

काठमाडौं – नेपाली सेनाले २०७४ सालको सैन्य भर्नामा अनियमिता गरेको अभियोगमा सेनानीसहित झण्डै १८० माथि कोर्ट मार्शल गर्ने भएको छ । 

सहायकरथी सीताराम खड्काको अध्यक्षतामा गठित छानबिन समिति (कोट अफ इनक्याइरी) ले दिएको प्रतिवेदनका आधारमा जङ्गी अड्डाले उनीहरुमाथि कोर्ट मार्शल गर्न लागेको हो । 

उपरथी शरद गिरिको अध्यक्षतामा रहने समरी जनरल सैनिक अदालतले उनीहरुसँग बयान लिएपछि कसूरका आधारमा दण्ड र सजाय सुनाउने छ ।अदालतले कसूरको मात्र हेरर उनीहरुलाई कैद सजायदेखि बर्खास्त, घटुवा र जरिवाना गर्नेछ । 

null

सैन्य भर्ना गर्दा रकमको चलखेलका आधारमा तोकिएको मापदण्डभन्दा होचा, शारीरिक हिसाबले अयोग्य र नक्कली परीक्षार्थी सामेल गरेको अनुसन्धानबाट खुलेको थियो । 

अनुसन्धानको क्रममा समितिले झण्डै ३०० सोधपुछ गरेकोमा झण्डै १८० संलग्न रहेको भनी समितिले सिफारिश गरेको थियो । २०७४ सालको सैन्य भर्नामा अनियमिता भएको प्रतिवेदनको आधारमा झण्डै १८० माथि कोर्ट मार्शलको प्रक्रिया अघि बढेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । 

सैन्य भर्ना छनोटसम्बन्धी घटनामा यति ठूलो सङ्ख्यामा कोर्ट मार्शल भएको यो पहिलो घटना हो । यसअघि सैनिक अदालतमा सेनाभित्र खासगरी अनुशासन उलङ्घन, आर्थिक प्रलोभन र लागुऔषधमा संलग्नजस्ता विषयमा उजूरी पर्दै आएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *