टीकाको दिनबाहेक अरु सबै दिन बैंक खुल्ने

काठमाडौं– दशैं बिदाको समयमा पनि बैक तथा वित्तीय संस्थाले सेवा दिने भएका छन् । टीकाको दिनबाहेक अरु सबै दिन बैंक खुल्ने बैंकर्स संघले जनाएको छ ।  

संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले टीका बाहेक अरु दिनमा बैंक खोल्न निर्देशन दिइएको बताए । ३६५ दिनै सेवा दिने बैंकको प्रतिबद्धताअनुसार बिदाको दिनमा पनि बैंक खुल्ने भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *