प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई भने–‘एक सुको खाएपनि जागिर चट्’

असोज २९, भरतपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई इमान्दारपूर्वक काम गर्न निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनको नवनिर्मित व्यारेक भवन तथा हिरासत कक्षको आज भएको उद्घाटन कार्यक्रममा महानिरीक्षक खनालले इमान्दारपूर्वक, निष्ठापूर्वक काम नगर्ने प्रहरीको अब खैरियत नभएको चेतावनी दिए । उनले एक सुका भ्रष्टाचार गरेको थाहा हुन आएमा त्यसको जागिर जाने समेत बताए ।  

उनले प्रहरीहरुलाई निर्देशन दिँदै भने,‘एक सुको नखाई काम गर्नोस् खाएको मात्र फेला परे उसको जागिर चट् हुन्छ ।’ कुनै समय प्रहरी संगठनभित्र व्यापक भ्रष्टचार हुने गरेको र प्रहरी दुईचार हजारमा बिक्ने गरेको महानिरीक्षक खनालको भनाइ थियो । उनले भने,‘अब हिजोको जसरी चल्दैन, इमान्दारीपूर्वक निष्ठापूर्वक काम गर्नूस् नत्र घर गए हुन्छ ।’ उनले प्रहरीले नराम्रो काम गर्नै नमिल्ने बताए । गरेमा कारबाही हुने चेतावनीसमेत दिए ।  

null

कार्यक्रममा उनले चेतावनी दिँदै भने, ‘प्रहरीले एक सुको भ्रष्टाचार गरेको पनि अब आफूले सुन्न नपरोस् । चितवन प्रहरी नमुना बनोस्, जसको सिको देशभरले गरोस् ।’ 

महानिरीक्षक खनाललले जिल्ला प्रहरी कार्यालय चितवनको नवनिर्मित व्यारेक भवन तथा हिरासत कक्ष उद्घाटन गरेका थिए । ३ करोड ५१ लाख ३३ हजारमा व्यारेक र हिरासत कक्ष निर्माण भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडाका टीएसटी प्रमुख प्रहरी नायव उपरीक्षक इन्जिनियर अनिल राना, कार्यक्रममा ३ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, चितवन प्रहरी प्रमुख सुशीलसिंह राठौरलगायतले मन्तव्य दिएका थिए । 

चितवन जिल्ला प्रहरी कार्यालयमा हाल ७१४ प्रहरी तैनाथ छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *