करेन्ट लागेर महिलाको मृत्यु

कात्तिक, ८ महोतत्तरी । महोत्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । 

औरही नगरपालिका ९ इनर्वास्थित मिथिलेस पोल्टी फर्ममा करेन्ट लागेर ४५ वर्षीय मीनादेवी सहनीको मृत्यु भएको हो । 

 करेन्ट लागेर मीनादेवी सहनीका श्रीमान सुरेश सहनी र ४ वर्षीय भतिजा राजा सहनी घाइते भएका छन् ।घाइते सुरेशको जनकपुरमा र बालक राजाको रामगोपालपुरस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । 

null

पानी तान्ने मोटरमा विद्युत प्रवाह हुँदा करेन्ट लागेको बताइएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । 

घटनास्थलमा प्रहरी पठाइएको डीएसपी खड्काले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *