राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेटवार्ता हुँदै

कात्तिक १३, कतार ।  कतारको चार दिने औपचारिक भ्रमणका लागि सोमबार कतार प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन अल थानीबीच मंगलबार भेटवार्ता हुँदैछ । 

भ्रमणको दोस्रो दिन आज राष्ट्रपति भण्डारी र कतारका शेख तमिमबीच स्थानीय समयानुसार भेटवार्ता हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उक्त अवसरमा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल हुने बताइएको छ । अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गर्दैछन् । 

null

मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा छिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *