स्कटल्याण्डमाथि रोनाल्डोबिना पोर्चुगलको सहज जित

पोर्चुगलले स्कटल्याण्डमाथि सहज जित निकालेको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राति पोर्चुगलले स्कटल्याण्डलाई ३ – १ ले हराउँदै सहज जित निकालेको हो । 

क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले स्कटल्याण्डलाई उसैको मैदानमा हराएको हो। रोनाल्डोबिनाको पोर्चुगललाई जिताउन हेल्डर कोष्टा, इडर र ब्रुमाले एक-एक गोल गरे। स्कटल्याण्डका स्टेभेन नैस्मिथले एक गोल फर्काएका थिए। 

पहिलो हाफको ४४ औं मिनेटमा कोष्टाको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले अगाडि रहेको पोर्चुगलले खेलको ७३ औं मिनेटमा इडरले गोल गर्दा अग्रता दोब्बर बनायो। 

null

खेलको ८४ औं मिनेटमा ब्रुमाले गोल गर्दै पोर्चुगललाई ३-० ले अघि बढाए। त्यसपछि खेलको अन्तिम समयमा घरेलु टोलीका लागि स्टेभेनले एक गोल फर्काए पनि पोर्चुगलसँगको हार टार्न सकेनन्। 

यो जितसँगै पोर्चुगल समुह ‘ए’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *