प्रेसमा अंकुश लगाए कांग्रेस सहँदैनः देउवा

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतालाई कुनै पनि बहानामा अंकुश लगाउन नपाइने बताए । प्रेस युनियन चितवन शाखाको नवनिर्मित भवन एवम् आठौं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रेसमाथि अंकुश लगाए कांग्रेसले नसहने बताएका छन् ।  

‘प्रेस स्वतन्त्रताको पक्षमा नेपाली कांग्रेस लड्दै आइरहेको छ, उनले भने, ‘पंचायत कालमा पनि प्रेस स्वतन्त्रता लागि आवाज उठाएकै हो । प्रेसलाई असजिलो पार्न खाजे चुप लागेर बस्ने छैनौँ ।’ प्रेस युनिययनले पार्टीको घोषित सिद्धान्त नीतिलाई पे्रसमार्फत नेपाली जनताको घरघरमा सूचना प्रवाह गर्ने जिम्मेवार रहेको भन्दै निर्धक्क भएर बढ्न आग्रह गरेका थिए। प्रेसमाथि हस्तक्षेप भए कांग्रेस प्रतिकारमा उत्रने चेतावनी समेन सभापति देउवाले दिएका थिए । प्रेस युनियनको अधिवेशबाट सर्वसम्मत रुपमा नयाँ समिति गठन गर्न शुभकाना व्यक्त गर्दै उनले पार्टीकाे तर्फबाट कुनै पनि हस्तक्षेप नहुने बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रेस स्वतन्त्रताको लागि नेपाली कांग्रेस सदैव पत्रकारहरुको साथमा रहने बताए । त्यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले पत्रकारको हक हितका लागि महानगर पत्रकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताइन् । 

null

प्रेस युनियन चितवनले चिजकुमार विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१, ०७२, ०७३ क्रमशः पत्रकारहरु किशोर नेपाल, कुलचन्द्र वाग्ले र तेजप्रकाश पण्डितलाई प्रदान गरेको छ । पुरस्कारको राशी नगद ५१ हजार १ सय ५१ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *