एनआई सी एशिया बैंकको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा

कात्तिक ११, काठमाडौँ । एनआईशी एशिया बैँकले तेह्रथुमको म्याङलुङमा नयाँ शाखा विस्तार गरेको छ । एनआईसी एशिया बैंकले एक समारोहका बीच म्याङलुङ नगरपालिका वडा नं १ स्थित म्याङलुङ, तेह्रथुम स्थित नयाँ शाखा कार्यालय विस्तार गरेको हो । 

शाखाको उद्घाटन म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङ्गफे गरेका हुन् । 

हाल बैंकको मुलुकभर २६४ शाखाकार्यालयहरु, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेको छ । 

null

मुलुककै सबैभन्दा ठूलो शाखा हुन सफल भएको यस बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १३९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *