वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड, यी ६ जिल्लामा इन्टरनेट सेवा अवरुद्ध
मकालु खबर
२०७५ कार्तिक ७ गते
कात्तिक ६, सल्यान । वर्ल्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इन्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ ।
वर्ल्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोट लगायत जिल्लामा वर्ल्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
दशैँ मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण झिकेर लगेको इलाका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
null
मकालु खबर
२०७५ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित