वानेश्वरकाे संगम स्विट्सको पसल र उत्पादन कारखानामा सिलबन्दी

काठमाडौँ, असोज १६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संगम स्विट्सको पसल र उत्पादन कारखानामा सिलबन्दी गरेको छ । 

अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पूरा नगरेकोले खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागले वानेश्वरमा रहेको सङगम स्विट्स्को पसल र उत्पादन कारखानामा अर्को सूचना जारी नहुँदा सम्मका लागि सिल्बन्दी गरेको हो । 

चाडबाड नजिकिँदै जाँदा विभागले अनुगमनलाई तीव्रता दिएको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा खाद्य प्राविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेको हो । 

null

अनुगमनका क्रममा संगम स्वीट्सले प्रतिबन्धित केमिकल हाइड्रोसिल र कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमिकल कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमीकल समेत मिठाइ बनाउन प्रयोग गरेको पाइएकोले शिलबन्दी गरिएको विभागले जनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *