विस्फोटक पदार्थसहित तीन जना प्रहरी नियन्त्रणमा

कात्तिक ९, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साह रहेका छन् । 

null

त्यसैगरीे इनरुवा–३ बाट रु एक लाख ५० हजार बराबरको र सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट रु ३ लाख बराबरको आठ बोरा पटका, झिरझिरे, आतीसबाजी बरामद गरिएकोे प्रहरीले जनाएको छ । 

इनरुवाबाट रु १ लाख ५० हजार बराबरको चार बोरा र लौकहीबाट सोही परिणाम बराबरको विस्फोटक सामग्री बरामद गरिएको पनि प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *