नेपाल एयरहोस्टेसको छैटौँ ब्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम सम्पन्न

मकवानपुर, कात्तिक १४ । नेपाल एयर होस्टेस एकेडेमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं ब्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम मकवानपुरको टिस्टुङको ओ अध्याय रिसोर्टमा एक कार्यक्रमको बिच सम्पन्न भएको छ । 

 

उक्त कार्यक्रममा १८ जना तालिम लिएका युवायुवतीहरुलाई उक्त एयरहोस्टेस एकेडेमीमा अध्यापनरत शिक्षकहरु नितामनि सिंह ठकुरी, वलराम ठकुरी तथा सरोजा केसीद्धारा सम्पूर्ण तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । 

null

 

नेपाल एयर होस्टेस एकेडेमीले दश जोड दुइ पास गरेका वा परिक्षा दिएर बसेका कम्तिमा ५ फिट ३ ईन्च उचाई भएका केटी र ५ फिट ७ ईन्च उचाइ केटाहरुलाई अन्तर्राष्ट्रिय स्तरको ४ महिनाको एयर होस्टेस तालिम दिदै आइरहेको छ भने सम्पूर्ण वर्गलाई ध्यान राखेर न्यूनतम शूल्क लिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको विज्ञ प्रशिक्षकहरुवाट ट्रेनिङ प्रदान गरिरहेको छ । 

 

हाल नेपाल एयरहोस्टेस एकेडेमी कमलादीमा तालिम लिइसकेका सयौं युवायुवतीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुमा रोजगारीको अवसर प्रदान गरि हाल सम्म काम गरि रहेको बताउछन् संस्थाका अध्यक्ष प्रदिपराज वन्त । हाल नेपाल लगायत अन्य मुलुकहरुमा एयर होस्टेसका माग बढ्दो रहेकाले देशैभरिका युवायुवीहरुको रुचीको विषय बनेको पाइन्छ साथै बिगतको तुलनामा तालिम लिनेको संख्या पनि उल्लेख्यमात्रामा  बढ्दै गएको छ । 

 

भने तालिम दिने संस्थाहरु पनि दिनानु दिन खोल्दै गएको पाइन्छ । तालिम कुन संस्थाले राम्रो दिन सकिन्छ भनेर प्रतिस्प्रर्धा भएकोले तालिम लिनेहरुलाई झनै फाइदा पुगेको वन्तले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *