नेकपा सचिवालय बैठक बस्दै

कात्तिक, ७ काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ । 

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । 

बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायत झण्डै दर्जन एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । 

null

यसअघि पटक–पटक सचिवालय बैठक बसे पनि पार्टी एकतालगायत विषय टुंगिन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा खासगरी तल्ला तहमा अन्योलता सिर्जना भएको छ । 

नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोके पनि यसमा पनि विवाद छ । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले यसमा असहमति दर्ज गराएका छन् । आज बस्ने बैठकले पार्टी एकता, प्रदेश जिम्मेवारी बाँडफाँटमा देखिएको विवादलगायत विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *