निर्मला हत्या प्रकरणः एसपी बिष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त

कात्तिक ८, काठमाडौँ । गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरेको छ । 

भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी गृहमन्त्रालयले एसपी बिष्ट र इन्सपेक्टर भट्टलाई शुक्रबार बर्खास्त गरेको हो । गृह मन्त्रालयले सोधेको स्पष्टिकरणमा चित्त बुझ्दो जवाफ नआएपछि बर्खास्त गरिएको हो । 

प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को देहाय (क) को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) १ बमोजिम बर्खास्त गरेको जनाइएको छ । 

null

साउन १० गते साथीको घरमा जान्छु भन्दै निस्किएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको एक दिनपछि अर्थात गत साउन ११ गते भीमदत्त नगरपालिकास्थित एक उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो। सो घटनामा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख भट्टले अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो । सरकारी छानविन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । 

प्रहरी प्रधान कार्यालयले गएको असोज २९ गते कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट तथा प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्न सिफारिससहितको पत्र गृह मन्त्रालयलमा पठाएको थियो । 

बुधबार एसपी बिष्ट र इन्सपेक्टर भट्टले स्पष्टीकरण बुझाएपछि फेरि गृह मन्त्रालयले उनीहरुलाई दोस्रो स्पष्टीकरण सोधेको थियो। 

बिहीबार उनीहरुले प्रहरी प्रधान कार्यालयमार्फत गृहलाई दोस्रो स्पष्टीकरण बुझाएका हुन्। एसपी विष्ट त्यतिबेला कञ्चनपुरका प्रमुख र भट्ट घटना भएको क्षेत्रका इलाका इन्चार्ज थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *