प्रदेश १ योजना आयोग उपाध्यक्षमा प्याकुरेललाई नियुक्त गर्ने मन्त्री परिषद्को निर्णय

कात्तिक १४, विराटनगर । प्रदेश नं १ को सरकारले प्रदेशमा योजना निर्माणका लागि प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको गठन आदेश पास गर्दै प्रदेश योजना आयोग गठन गरेको हो । 

बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा मानव अधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्ति गरिएको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । प्याकुरेल विराटनगर निवासी हुन् । 

त्यसैगरी आयोगको सदस्यमा मिना भण्डारी र पुर्ण लक्समलाई नियुक्ती गरेको छ । हाललाई तीन सदस्यी समिति रहेको आयोगमा दुई जना सदस्य थप गरिने मन्त्री कार्कीले जानकारी दिए । 

null

मन्त्री परिषद् बैठक आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रदेश नम्बर एकको सार्वजनिक खर्च मापदण्ड र मितव्ययता सम्वन्धि निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ स्वीकृति दिने निर्णय समेत गरेको जानकारी दिए । 

त्यसैगरी मन्त्री परिषद्को बैठकले सुनसरी जिल्लाको कोशी गाँउपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्र्तगत तेह्रथुम र फिदिमलाई नँया शहरका रुपमा विकास गर्र्ने स्वीकृती प्रदान गर्ने निर्णय समेत गरेको छ । 

यी दुई शहरलाई व्यवस्थित गर्न केन्द्र सरकारबाट १७ करोड रुपैयाँ विनियोजित भइसकेको छ । यसैगरी मन्त्री परिषद् बैठकले प्रदेश १ सरकारको मातहतमा रहेका भौतिक सम्पत्ति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ । 

यसैगरी संविधानसँग मेल खाने शब्द भएका सरकारी कार्यालयहरुलाई १५ दिन भित्र संविधान संम्वद हुने गरी परिमार्जन गर्ने निर्णय समेत गरेको छ । 

कोशी प्रतिष्ठान विधेयक मस्यौदा स्वीकृत प्रदान गर्ने तथा प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम २०७५ लाई स्वीकृती प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ । 

मन्त्री परिषद्को बैठकले झापाको दमकमा रहेको ग्रामिण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *