प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार, अस्पतालबाटै कामको थालनी

कात्तिक १४, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा थप सुधार आएको छ । सोमबारदेखि उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको अस्पतालले जनाएको छ । 

स्वास्थ्यमा सुधार आए लगत्तै प्रधानमन्त्रीले आफ्नो कामको थालनी गरेका छन् । उनले रक्षामन्त्री, गृहमन्त्री र उर्जामन्त्रीसँग अस्पतालमे बैठक राखी आफ्नो कामको थालनी गरेका हुन् । 

छातिमा संक्रमण देखिएका कारण उनलाई कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । प्रा. डा. अरुण सयामीको संयोजकत्वमा प्रा. डा. दिव्या सिंह शाह र डा. सन्त कुमार दास खटिएका छन् । 

null

प्रम ओलीको स्वास्थ्यबारे बुधबार गरिएको परिक्षणका रिपोर्टहरु सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *