श्रीलंकामा संवैधानिक संकट : विक्रमसिंघे बर्खास्त, राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको छ । विक्रमसिंघेले संसदमा आफ्नो बहुमत रहेको र बहुमत रहुन्जेल आफू नै प्रधानमन्त्री रहिरहने बताएका छन् ।
सरकार प्रवक्ता रजिताले सेनारत्नेले पनि बीबीसीसँग कुरा गर्दै रानिल विक्रमासिंघे नै प्रधानमन्त्री भएको बताएका छन् ।
null
पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चलिरहेको थियो ।
राष्ट्रपति चुनावमा मैत्रीपाल सिरिसेनासँग पराजित भएका राजपक्षेलाई मैत्रीपालाले नै प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रानिल विक्रमसिंघेलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्दै राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । सिरिसेनाको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै उनले प्रधानमन्त्री परिवर्तन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बर्खास्तीमा परेका विक्रमसिंघेले भने आफू नै श्रीलंकाको प्रधानमन्त्री रहेको दावी गरेका छन् । संसद्मा अझै आफ्नो बहुमत भएकाले आफू नै प्रधानमन्त्री भएको उनको दावी छ । विक्रमासिंघेको दलले राष्ट्रपतिले कू गरेको आरोप समेत लगाएको छ ।
महिन्दा राजापाक्षेले भने आफ्नो ट्विटर ह्याण्डलमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाको प्रधानमन्त्री बनाएका छन् ।
पछिल्ला दिनमा विक्रमसिंघे र राष्ट्रपति सिरिसेनाबीच सरकारको कामकारबाहीलाई लिएर मतभेद थियो ।
महिन्दा राजापाक्षेलाई वर्तमान राष्ट्रपति सिरिसेनाले पछिल्लो राष्ट्रपति चुनावमा हराएका थिए । आफ्नै विरोधीका रुपमा चिनिने राजापाक्षेलाई नै प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरिसेनालाई सबैलाई आश्चर्यचकित बनाएका छन् । वर्तमान सरकार विक्रमासिंघेको यूएनपी पार्टीसँग मिलेर चलेको थियो । तर विक्रमासिंघेले गठबन्धन छाड्ने संकेत आएलगत्तै राष्ट्रपति सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्री बनाएका छन् ।
गठबन्धन सरकारमा मन्त्री रहेका यूएनपीका मंगला समरवीराले ट्वीट गर्दै श्रीलंकामा संवैधानिक संकट उत्पन्न भएको बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीका रुपमा राजापाक्षेको नियुक्ति असंवैधानिक तथा गैरकानुनी हो । यो लोकतन्त्रविरोधी कू हो ।’