अवैध डलरसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

कात्तिक १३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित एक चिनियाँ पक्राउ परेका हुन् । 

काठमाडौँबाट गन्जाउ प्रस्थान गर्न लागेका काठमाडौंबाट चीनको गन्जाउ जान लागेका चिनियाँ नागरिक राहदानी नम्बर इडि ४८२९४७८ बाहक इरेसालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनले लगेजभित्र अवैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त डलरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेकाे छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *