नारायणहिटीमा सर्वसाधारणका लागि सार्वजनिक गरियो श्रीपेच

असोज २९, काठमाडौँ । काठमाडौंको नारायणहिटी दरबार संग्रहालयभित्र रहेको श्रीपेच अब सर्वसाधारणले पनि अवलोकन गर्न पाउने भएका छन् । 

दरबार संग्रहालयमा रहेको श्रीपेचलाई सोमबार एक कार्यक्रमको आयोजना गरी सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरिएको हो । 

नेपालमा राजसंस्थानको औपचारिक अन्त्यपछि राजाले पहिरिने उक्त श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नारायणहिटी दरबार पुगरे अवलोकन गरेका छन् । श्रीपेचलाई सोकेस भित्र राखिएको थियो । 

null

श्रीपेच २९ कार्तिकमा सार्वजनिक प्रदर्शनी ल्याइने छ । राजाले लगाउने श्रीपेच, बोक्ने राजदण्ड, रानीले लगाउने टायरा लगायतका सामाग्री आजै प्रदर्शनी कक्षमा रहेको बुलेटप्रुफ शोकेसभित्र राखिँदैछ । 

सरकारले गत जेठमा श्रीपेच प्रदर्शनीको व्यवस्था मिलाउन पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा श्रीपेच अवलोकन समिति गठन गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *