संविधानलाई खारेज गरेर जनगणतन्त्र ल्याउनुपर्छः उपाध्यक्ष गजुरेल

कात्तिक, ७ काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी ) का उपाध्यक्ष सिपी गजुरेलले जनगणतन्त्र स्थापना गरे मात्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताएका छन । 

आज आयोजित साक्षात्कारमा गजुरेलले संविधानमा दुई वर्षसम्म कुनै प्रधानमन्त्रीलाई हटाउन नमिल्ने प्रावधान राखेर राजनीतिक दलहरुले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै ‘थुप्रै त्रुटि रहेको यो संविधानलाई‘ खारेज गरेर जनगणतन्त्र ल्याउनुपर्नेमा जोड दिए । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको, बजारमा महँगी नियन्त्रण गर्न नसकेको, सुन तस्करलाई कारवाही नगरेको र निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै नेता गजुरेलले यो सरकार सफल भएको भन्ने ठाउँ नै नरहेको टिप्पणी गरे । अर्को प्रसङ्गमा उनले नेत्रविक्रम चन्द, मोहनविक्रम सिंह तथा ऋषि कट्टेल नेतृत्वका कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टीको एकीकरणका लागि वार्ता भए पनि निष्कर्षमा पुगिनसकेको जानकारी दिए । 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *