सिटी समूह ‘एफ’ को शीर्ष स्थानमा

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति सिटीले युक्रेनी क्लब शाख्तर डोनेट्स्कलाई ३ – ० ले हराएको छ । 

सिटीले उसैकै मैदानमा डोनेट्स्कलाई हराएको हो । सिटीको जितमा डेभिड सिल्भा, एम्रिक लापोर्टे र बर्नार्डो सिल्भाले एक एक गोल गरे । 

 

null

घरेलु टोलीविरुद्ध सिल्भाले ३० औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा लापोर्टेले गोल गर्दै पहिलो हाफमा सिटीलाई २ – ० को अग्रता दिलाए । 

त्यसपछि खेलको ७१ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३ – ० को सहज जित दिलाए । जितसंगै सिटी समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । सिटीको यो दोस्रो जित हो । 

 

सिटीले ३ खेलबाट ६ अंक जोडेको छ । ३ खेलबाट २ अंक जोडेको डोनेट्स्क पुछारमा छ । च्याम्पियन्स लिग अन्तर्गत नै समूह ‘एफ’ को अर्को खेलमा होफेनहाइम र लियोनले ३ – ३ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । 

 

बराबरीपछि ५ अंक जोडेको लियोन दोस्रो र २ अंक जोडेको होफेनहाइम तेस्रो स्थानमा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *