किसानलाई उखुको रकम भुक्तानी नगर्ने सुगर मिलका सञ्चालक पक्राउ

कात्तिक १४, काठमाडौँ । उखु किसानको बक्यौता रकम नतिरेको भन्दै प्रहरीले सुगर मिल सञ्चालक राकेश अग्रवाललाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको हो । 

महानगरी प्रहरी प्रभाग टेकूले सुगर इन्दिरा एण्ड एग्रो र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई नियन्त्रणमा लिएको हो । उनको कम्पनी इन्दिरा सुगर एण्ड एग्रो प्रालिको ८ करोड ५८ लाख ९९ हजार ४८१ र अन्नपूण सुगर मिल्स प्रालि सर्लाहीको ३८ करोड ६८ लाख बक्यौता रहेको गृहमन्त्रालयले जनाएको छ । 

पटक पटक सरकारले उद्योगलाई बक्यौता रकम तिर्न निर्देशन दिएतापनि तिर्न अटेर गरेका कारण उनलाई पक्राउ गरी कारबाही थालिएको हो । 

null

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले उखु उद्योगी तथा व्यवसायी तथा चिनी मिल सञ्चालकको विवरण संकलन गरिरहेकै क्रममा अग्रवाल पक्राउ परेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *