दशैंको अवसरमा मेला हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार

कात्तिक ६, रौतहट । गुजरा नगरपालिकाको मनर्वा टोलमा दशैँका अवसरमा लाग्ने मेला हेर्न गएकी १७ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन् । 

मेला हेर्न जाँदा छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्याइदिने भन्दै नहरको डिलमा पुर्याइ तीन जनाले सामुहिक बलात्कार गरेका हुन् । 

पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएपछि घटना बाहिरिएको हो । घटनामा संलग्न रहेका तीनै जना फरार रहेको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *