नयाँ नेपाल लघुवित्तको सेयर लिलामीमा आउँदै

मंसिर ८, काठमाडाैं । नयाँ नेपाल लघुवित्तले हकप्रदमा बिक्री नभएको १ लाख ३ हजार ३५३ कित्ता शेयर मंसिर १३ गतेदेखि लिलामीबाट बिक्री गर्ने भएको छ । जसमा १७ हजार २६० कित्ता साधारण र ८६ हजार ९३ कित्ता संस्थापक शेयर रहेको छ । 

लघुवित्तले साउन २७ देखि भदौ ३१ गतेसम्म ६ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । 

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँदेखि माथिको मूल्यमा शेयरमा बोलकबोल गर्न पाउने छन् । मंसिर २० गतेसम्ममा लिलामीका लागि आवेदन दिईसक्नु पर्नेछ । 

null

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट लिलामीमा आवेदन गर्न सकिने बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *