अब सरकारको गियर परिवर्तन हुन्छ: प्रचण्ड

बिराटनगर, कात्तिक १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको काम कार्वाहीलाई थप तिब्रता दिन अब सरकारको गियर परिर्वतन हुने बताएका छन् । 

बिराटनगर बिमानस्थलमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले सरकार अब एक नम्बर गियरमा दौड्ने दाबी गरे । उनले ‘हिलो मैलोको समय सकिएपछि सवारी धनीले गाडीको गियर परिवर्तन गरी एकनम्बर गियरमा चलाए जस्तै सरकारको गियरपनि अब एक नम्वरमा चलाइने दाबी गरे । अध्यक्ष प्रचण्डले वर्तमान सरकारको तत्काल पुर्नगठनको सम्भावना भने नरहेको बताए । उनले वर्तमान सरकार पुर्नगठनको अबस्था अहिले नै नआएकोपनि प्रष्ट पारे । 

अध्यक्ष प्रचण्डले सरकार गठन भएको एक वर्ष मात्र पुगेको र सरकारले आफनो धोषणा पत्र अनुसार काम गरिरहेकाले सरकार पुर्नगठनको आवश्यता अहिलेनै नरहेको दाबी गरे । एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टी एकताको बिषय सोचे अनुरुप केही ढिला भएको बताए । 

null

उनले केन्द्रमा बिवाद भएका कारण भने पार्टी एकतामा ढिला नभएको प्रष्ट पारे । उनले भने भोली आउने अप्ठ्यारोलाई अहिले नै सच्याएर जाने योजना बनाएकाले पार्टी एकताको कार्य ढिला हुन पु्गेको जानकारी दिए । अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी गरे । 

नेकपाको मोरङले शुभ दिपावलीको अवसरका आयोजित चियापान समारोहमा अध्यक्षम प्रचण्ड र महासचिव विष्णु पौडेल बिराटनगर आइएका हुन् । अध्यक्ष प्रचण्डले सोमवार नै पार्टी कार्यालयमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको नेकपाले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *