किन बन्द गरियो कलंकी–सोल्टीमोड सडकखण्ड ?

कात्तिक २९, काठमाडौँ । कलंकीका स्थानीयले १ घण्टा कलंकी–सोल्टीमोड–कालिमाटी सडकखण्ड अवरुद्ध गरेका छन् । 

अत्याधिक धुवाँधुलो प्रदुषणले आक्रान्त भएपछि स्थानीयले बिहान १ घण्टा सडक अवरुद्ध गरेका हुन् । 

लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको सडकको धुावा, धुलोले आक्रोशित स्थानीयले सोल्टीमोड क्षेत्रमा राखिएको अस्थायी डिभाइड लडाएर फलामको पोल समेत सडकमा तेस्र्याइ सवारी साधन ठप्प बनाएका हुन् । 

null

प्रदुषणका कारण स्थानीय मारमा पर्दा समेत चासो नदिइ सडक विस्तारको नाममा स्वास्थ्यमाथि अति खेलबाड भएपछि सरकारलाई दबाब दिनका लागि सडक अवरुद्ध गरेको एक स्थानीयले बताए । 

धुावा, धुलो नियन्त्रणका लागि पटक–पटक सम्झौता गर्दा पनि महानगरपालिकाले यसतर्फ ध्यान नदिएको पाइन्छ । 

सडक पीच, ढल व्यवस्थापनलगायतको काम तत्काल सम्पन्न नभए यो सडकखण्ड बन्द अनिश्चतकालसम्म गर्ने स्थानीयको चेतावनी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *