बिहान बिउँझिनासाथ ओछ्यान छोड्दा मुटुलाई पर्न सक्छ नराम्रो प्रभाव

२०७५ कार्तिक १६ गते

कैयौ व्यक्तिहरु बिहान बिउँझिनासाथ एकैपटक विस्तरा छोड्छन्। यसले मुटुमा नराम्रो प्रभाव पार्न सक्छ। आयुर्वेदमा बिहान उठ्ने सही तरिका बताइएको छ। यसलाई उपयोग गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ ।
बिहान निद्रा खुलेपछि दाहिनेपट्टि फर्किनुहोस् । अनि उठेर बस्नुहोस् । यसले मुटुमा अनावश्यक दबाब पर्न पाउँदैन किनकि मुटु हाम्रो शरीरको बायाँतर्फ हुन्छ । अब दुवै हात माथि उठाएर तन्काउनुस् ।
यसले रातमा कम भएको रक्तसंचारको गति सामान्य हुन्छ । अब आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुहोस् र आँखामाथि राख्नुहोस् । यसले शरीरको सतर्कता बढाउँछ।
null
त्यसपछि दुवै हातलाई चुम्नुहोस् र विस्तारै छोड्नुहोस् । यसले शरीरको इनर्जी लेभल बढाउँछ । एजेन्सी

२०७५ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित