कार्यविभाजन टुङ्ग्याउने भनिएको नेकपा सचिवालय बैठक स्थगित

मंसिर १०, काठमाडौँ । सोमबार (आज) बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समितिको बैठक स्थगित भएको छ । 

केन्द्रीय समिति सदस्यहरुको कार्य विभाजनको गृहकार्य अपुग भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको हो । 

गत शनिबार बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो। 

null

बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन । आज स्थगित गरिएको बैठक ४४१ सदस्यीय केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो । 

नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य विभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ । 

केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय तयारीमा रहेको नेकपाले प्रदेश समितिलाई पनि पूर्णता दिने तयारी गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *