मृत्यु नामसारीमा भएको झन्झट तिहार लगत्तै समाधान हुने

धरान, कात्तिक १८ । धरान निवासी प्रवीण अग्रवाल एक पुराना र अनुभवी सेयर लगानीकर्ता हुन् । उनको पिता कनैयालाल अग्रवालको मृत्यु पश्चात नाममा रहेको एनबीबी बैंकको १४ सय कित्ता भौतिक सेयर आफ्नो नाममा ल्याउन परेको कठिनाइ सोच्चै सेयर बजार काठमाडौबासीका लागि मात्रै रहेछ भन्ने अनुभुति दिलाउन जान्छ । 

अग्रवालको पिताको देहान्त भएपछि २ वर्ष भएको र पोहोर काठमाडौँ गएर नामसारी गर्न नेप्सेको ढोका ढकढक्याउनु पुगेको अनुभव उनले सुनाए । तर नेप्सेले पनि आमालाई ल्याउनु भने पछि आफ्नी आमा बेडबाट ढल्मलिन नसक्ने रोगी भएकाले नामसारी हुन सकेन नत्र म आमालाई लिएर नेप्से जान्थे उनले भावुक हुँदै भने । अहिले आमा बितेको २ महिना भैईसक्यो र ६ दिन अघि आफूले खोलेको डिम्याट सिद्धार्थ बैंक धरान शाखामा गई नामसारी गर्न प्रक्रिया चाल्ने प्रयास गरेको उनको भनाइ छ । 

सो बैंकका कर्मचारी ले सिडिएससीमा गएर बुझ्नुहोस् भनी भनेको र सोही अनुसार बुझ्दा सिडिएससीले काठमाडौ आउनै पर्छ र आरटिएसकोमा गएर त्यहाँ भेरिफाई गरे पश्चात् अनि सिडिएसमा आउनुपर्ने भनी निर्देशन दिएको अग्रवालले मकालु खबरसँग गुनासो पोखे । अनि पुनः आरटिएसकोमा जानुहोस भनी निर्देशन गरेको उनले आक्रोश पोखे । 

null

भर्खरै सिडिएससीले आ–आफ्नो डीपीमार्फत नै घरायसी, मृत्यु नामसारी गर्ने व्यवस्था कुरा मात्रै हो उनले प्रश्न गरे , मृत्यु नामसारी भनेको के हो ? भौतिक र डिम्याट सेयर किन नामसारी नगर्ने ? मोफसल बाहिरका मान्छेलाई दुख्ख बढी भएन र ? उनले प्रशनै प्रश्नैको चाङ्ग थुपारे आक्रोशित मुद्रामा । 

अब यसको समाधान के होला त कसरी सहज गर्न सकिएला भन्ने जिज्ञासामा प्रत्येक प्रदेशमा एउटा क्यापिटल हुनुपर्ने र कि त ब्रोकरकैबाट यो किसिमको सेवा पाउनुपर्ने उनको भनाई छ । 

यता सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देव प्रसाद गुप्तालाई सोधपुछ गर्दा अब तिहार लगत्तै भौतिक प्रमाणपत्रको नामसारी पनि डीपीमार्फत नै गर्ने गरि कार्यविधि बनाईएको बताएका छन् । 

कार्यविधी निर्माण भइसकेको र संचालक समितिको बैठकद्वारा पारित गराउने काम भयो अब नेप्सेको पूर्ण अनलाइन कार्यान्वयन र उद्घाटनको कारणले लागू गर्न सकेका छैनौं । मोफसलका लगानीकर्ताहरुको पिरमर्कालाई मध्यनजर गरेर नै अब राजधानी आउन नपर्ने सिइओ गुप्ताले दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *