छाेरा प्रकाश दाहाललाई सम्झिएर भक्कानिए प्रचण्ड जोडी !

मंसिर ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको निधनको भएको एक वर्ष पूरा भएको छ । 

ललितपुरको खुमलटारस्थित निवासमा प्रकाश दाहालको स्मृति सभा आयोजना गरिएको थियो । 

अध्यक्ष दाहाल र उनकी पत्नी सीता दाहाल उनको स्मृति गर्दे कार्यक्रममा नै भक्कानिएका छन् । कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले आँशु थाम्न सकेनन् । प्रचण्ड पत्नी सीतालाई पनि सम्हालिन मुश्किल परिरहेको थियो । 

null

उनले प्रचण्डले छोरा प्रकाश निधनको समयमा पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनलार्इ सम्हाल्न छोरी रेणु दाहाल मञ्चमै पुगेकी थिइन्। 

 

प्रकाश परिपक्व हुँदै गएको बेला असामयिक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए । 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *