सामान्य वक्तब्य बनाउन पनि नजान्ने कस्ता नेताहरू ?

मंसिर ९, काठमाडाैं । सेयर बजारमा अाफुलार्इ बादशाह ठान्नेहरू सामान्य ज्ञान पनि नजान्ने रहेछन् भन्ने देखिएकाे छ ।  पूजीँ बजारका संगठनका पदाधिकारीहरूले अाज प्रकाशित गरेकाे याे वक्तब्य हेर्नुहाेस् त, यसमा बक्तब्य निकाल्न चाहिने अाधारभूत कुरा पनि छैन । 

कुनै पनि संघ संस्था वा ब्यक्तिले प्रकाशित गर्ने प्रेस विज्ञप्ति, वक्तब्य वा अन्य कुनै धारणा अाधिकारिक हाे वा हाेर्इन छुट्याउने अाधार भनेकाे उनीहरूकाे हस्ताक्षर र संस्थाकाे अाधिकारिक छाप नै हाे । तर, अाज सेयर बजारका यी चार संगठनले निकालेकाे वक्तब्य सरसर्ती नियाल्नुस त, याे वक्तब्यलार्इ अाधिकारिक मान्न सकिएला ? 

पत्रकारिताकाे भाषामा याे अाधिकारिक वक्तब्य बन्न सक्दैन । चार वटा संस्थाकाे संयुक्त वक्तब्य भनिएकाे छ तर, एउटाले पनि हस्ताक्षर र छाप लगाएका छैनन् । 

null

यस्तै गरी एक महिना अघि नेप्सेका प्रवक्ताले पनि वक्तब्य जारी गरेका थिए । संस्थाकाे लेटर प्याडमा विना हस्ताक्षर, विना छाप निकालिएकाे उक्त विज्ञप्तिले सेयर बजारमा प्रवक्ताकाे हैसियत नै मापन गरियाे । धेरैले प्रवक्ताकाे कार्यशैली प्रति गाली पनि गरे । त्यसमा कतिपय सेयर ब्राेकर संगठनका पदाधिकारी पनि थिए । तर, अहिले उनीहरूले नै निकालेकाे वक्तब्य अपुराे देखिएपछि उनीहरूपनि उहि ड्याङकाे के जस्ताे प्रष्टिएकाे छ । 

 

यहि वक्तब्यलार्इ अाधिकारिक मान्ने हाे भने, याे वक्तब्यले उनीहरू अर्थात  पूजीँ बजारका संगठनले भाेलीबाट नेप्से तथा धितोपत्र बोर्डको लापरबाहीका विरूद्ध एकै पटक आन्दोलनमा उत्रिने निर्णय गरेका छन् । 

नेप्से तथा धितोपत्र बोर्डको लापरबाही, पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा भएको हेलचेक्र्याई विरुद्ध लगानीकर्ताका संगठनले पहिलो चरणमा दवाबमूलक कार्यक्रम गर्न लागेकाे दावि गरिएकाे छ । भोलि सोमबार बिहान १० बजे नेप्से परिसरमा भेला भई नेप्से र बाेर्डका विरूद्ध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको याे वक्तब्यमा भनिएकाे छ । 

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघका अध्यक्षहरुबाट हस्ताक्षरित वक्तव्यमा नियमनकारी निकायको उदासीनताले पूँजीबजारमा गम्भीर समस्या उत्पन्न भएको भन्दै आफ्नो सम्पत्ति सुरक्षाका लागि सबै लगानीकर्तालाई अनिवार्य उपस्थित हुन भनिएको छ । 

लगानीकर्ताका संघ संगठनले पूँजीबजारका १५ लाख बढी लगानीकर्ताहरुको १४ खर्ब बढी सम्पत्तिको सुरक्षामै गम्भीर चुनौती उत्पन्न भएको भनिएकाे छ । तर, उनिहरूले जारी गरेकाे वक्तब्यमा अाधिकारिक हस्ताक्षर र संस्थाकाे छाप समेत नहुँदा यसलार्इ कसरी अाधिकारिक मान्ने अन्याैलता पैदा भर्इदिएकाे छ ।  

वक्तब्य निकाल्नेहरूका लागि याे सामान्य विषय हाेला । मिडियाले काम पाएनछ पनि भन्लान् । तर, भाेली यसै गरि कसैले अन्ठसन्ठ लेखेर ती संस्थाका अाधिकारिक ब्यक्तिकाे नाम राखेर वक्तब्य निकाल्याे भने, ति जिम्मेवार ब्यक्तिहरू के गर्लान् ?  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *