‘सेक्युरिटी चिप्स’सहितको राष्ट्रिय परिचयपत्र वितरण आजबाट

‘सेक्युरिटी चिप्स’सहितको बहुप्रतीक्षित राष्ट्रिय परिचयपत्र वितरणको थालनी आजबाट गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ। 

बहुउपयोगी भनिएको राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, मतदाता परिचय लगायत नागरिकको परिचय खुलाउने कैयौँ परिचयपत्र बोक्नुपर्ने झन्झटको पनि अन्त्य हुने अधिकारीहरूको विश्वास छ। 

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण हुने अधिकारीहरूले बताएका छन्। 

null

साइबर सुरक्षासम्बन्धी जानकारहरूले नागरिकका महत्त्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित राख्नेबारे सरकार विशेष चनाखो हुनुपर्ने बताएका छन्। 

त्यसबाहेक प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण जोकोहीलाई दिन नहुने विज्ञहरूको सुझाव छ। 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सिंहदरबारमा कार्यरत कर्मचारीहरूका र पाँचथरका मानिसहरूका गरी करिब ५२ हजार जनाको व्यक्तिगत विवरणहरू सङ्कलन गरिसकिएको जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *