‘फरवार्डले समाज रुपान्तरणमा सहयोग पुर्याएको छ’ मन्त्री कुशियैत

कात्तिक १८, सुनसरी । स–साना पूँजीको बचत गराउँदै ती रकममा पूजी बृद्धि गरी सो रकमबाट आ–आफ्ना व्यापार व्यवसायमा लगानी गरी आय आर्जनको श्रोतहरु बृद्धि गर्न सकिने र आफ्नो जिवन स्तरमा सुधार ल्याउन सकिने १ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुशियैतले बताएका छन् । 

 

सुनसरीको दुहवी स्थित फरवार्ड बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभालाई संवोधन गर्दै प्रदेश मन्त्री कुशियैतले पूजीको पहुँच नभएका र उद्योग व्यवसाय गर्न चाहनेहरुका लागि सहकारी नेपाली समाजमा वरदान सावित भएको भन्दै फरवार्ड बचत तथा ऋण सहकारी संस्थाले समाजको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा ब्यक्त गरे । ‘समाजमा रहेका स–साना पूजीलाई एकत्रित गर्दै समाजमै लगानी गरेर फरवार्डले समाज रुपान्तरणमा समेत ठूलो योगदान दिएको छ ।’ उनले भने । 

null

सो अवसरमा आर्थिक विकास र पर्यटन क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै सभामा मन्त्री कुशियैतलाई वित्तीय संस्थाको तर्फबाट अध्यक्ष भगवती चौधरीले सम्मान गरेका थिए । 

 

सभामा बोल्दै वित्तीय संस्थाका अध्यक्ष भगवती चौधरीले सहकारीका माध्यमबाट समाजको आर्थिक तथा सामाजिक विकासमा काम गर्न सकिने बताइन् । फरवार्ड सहकारीले महिलालाई आर्थिक क्षेत्रमा अगाडी बढाउन विशेष काम गरिरहेको उनको तर्क थियो । ‘समाज विकास र परिवर्तनका लागि सहकारीको भूमिका महत्वपूर्ण छ, फरवार्डले यस कार्यमा महिलालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा अगाडी बढाउन विशेष भूमिका निर्वाह गर्न सफल भएको छ ।’ उनले भनिन् । 

अध्यक्ष चौधरीले सहकारीले आर्थिक कारोबारद्वारा शेयर सदस्यहरुको आर्थिक कृयाकलापमा सहयोग गर्नुको साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बचत तथा कर्जा कार्यक्रमको माध्यमबाट समाजका विपन्न परिवारको जीवनस्तर माथि उकास्न क्रियाशील रहेको जानकारी गराइन् । साथै चौधरीले फरवार्ड सहकारी संस्थालाई बर्तमान अवस्थामा ल्याइपु¥याउन सहयोग गर्ने शेयर सदस्य, सञ्चालक समितिको पदाधिकारी, सामाजिक अगुवाहरु प्रति आभार समेत ब्यक्त गरिन् । 

साधारण सभामा संघिय संसद महिला तथा सामाजिक समिति सभापति निरु देवी पालले सहकारीले समाजको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान दिएको भन्दै यस किसिमको अनुकरणिय कामको कदर गर्नुपर्ने औल्याउँदै शुभकामना ब्यक्त गरिन् । 

 

सभामा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तिय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत, समाज सेवी तथा सहकारीको सञ्चालक सदस्य सत्य नारायण चौधरी, जन कल्याण वचत तथा ऋण हकारी संस्थाको अध्यक्ष मिलिराम चौधरी, समाजसेवी चन्द्रकला बिश्वासले संस्थाको उत्तरोत्तर उन्नति प्रगतिको शुभकामना ब्यक्त गरेका थिए । 

उक्त सभाले अध्यक्ष भगवती चौधरीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगती प्रतिवेदन पारित गरेको थियो । बार्षिक साधारण सभाबाट आगामी आर्थिक वर्षको वजेट तथा योजना प्रक्षेपन, लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएको थियो । आर्थिक वर्ष २०७४÷७५ सहकारीले १५१४ जना शेयर सदस्यहरुमा बचत तथा कर्जाको कारोवार गरेको जानकारी दिइयो । 

आर्थिक बर्षमा ११,४०,९५,०००/– कर्जा लगानी रहेकोमा आम्दानी १,८२,४६,०००/– र खर्च १,४७,५४,०००/– रहेको आय व्ययको विवरण सार्वजनिक गरियो । आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य बृद्धि गरी १७०० पुर्याउने लक्ष्य लिइएको छ, भने लगानी बृद्धी गरी रु १३ करोड पुर्याउने लक्ष्य राखेको छ । 

सभामा संस्थाका तर्फबाट खातामा बढी रकम जम्मा गर्ने, बढी बाल बचत गर्ने, नियमित किस्ता तिर्ने, पूजीको सहि सदुपयोग गरी व्यापार व्यवसाय गर्ने लगायतका विभिन्न बिधाका १६ जना शेयर धनीहरुलाई पुरस्कृत गरिएको थियो । 

 

कार्यक्रमको अवसरमा फरवार्ड वचत तथा ऋण सहकारी संस्था लि., फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तिीय संस्था लि., ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड), दिनेश चौधरी स्मृति प्रतिष्ठान दुहवी, सुनसरी र लायन्स क्लव अफ दुहवी घद्दछ ब्ज्ञ को आयोजना र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र विराटनगरको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा ३३ प्रिन्ट रगत संकलन भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *