धरानको पुरानो हाट्बजारः जुन अहिले पनि चलिरहेको छ
मकालु खबर
२०७५ कार्तिक १६ गते
धरान, कात्तिक १६। समय फेरिएको छ । प्रविधिको विकाससँगै व्यावसायिक गतिविधिमा पनि आमूल परिवर्तन आईरहेको सन्दर्भमा सुनसरीको धरान ११ मङ्गलबारे चोकमा भने पुरानो हटिया बजारले निरन्तरता पाईरहेको छ ।
यस बजारमा किसान उपभोक्ता र व्यापारीहरुको सहभागिताले कृषि सामाग्रीको उचित मुल्य पाउने र उनीहरुको जनजीवनमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ ।
null
धरान ११ मङगलबारे जहाँ सुनसरीको बिष्णुपादुका र धनकुटाको आहाले सुवारा, चाँदीबजार, हर्दिया लगायतका ठाउँबाट कुचो, अदुवा, बेसार ईत्यादि नगदेबाली ल्याउने र किसानहरुले उत्पादन गरेका नगदेबालीहरु बेच्ने गरिन्छ ।
यहाँका कृषि जन्य उत्पादनहरु खरिद गर्न चतरा, बिराटनगर, झापा र छिमेकी मुलुक भारतसम्मका व्यापारीहरु आउने गर्दछन् । यहाँ हरेक साताको मंगलबार र शुक्रबार हटिया बजार लाग्ने गर्दछ ।
मकालु खबर
२०७५ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित