नेप्सेको पूर्णस्वाचालित अनलाईन कार्यान्यनका बिषयमा अध्यक्ष राधा पोख्रेलको समूले बुझाए ज्ञापन–पत्र

 काठमाडौँ, मंसिर ४ । नेप्सेले भर्खरै सञ्चालनमा ल्याएको पुर्णस्वाचालित अनलाईनका बिषयमा आम लगानीकर्ताहरुलाई परेका प्रभाव र असर का बारेमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको नेतृत्वमा गएको टोलीले नेप्सेको सिईओ चन्द्र सिंह साउदलाई भेटेर ज्ञापन–पत्र बुझाएको छ । पूर्णस्वाचालित अनलाईन लागु भईसकेपछी बिभिन्न त्रुटि र दैनिक जस्तो शेयर खरिद बिक्रीमा भएका कठिनाईबाट अप्ठ्यारो परेको भन्दै संघकी अध्यक्ष राधा पोख्रेलले सिइओ साउदलाई जानकारी गराएकी थिईन् । नेपाल पुँजी बजार लगानीकर्ता संघले बुझाएको ज्ञापनपत्रको पूर्ण पाठ यस प्रकार रहेको छ । 

नेपालको सेयर बजारको इतिहासमा सेयर बजारको विकासको लागि गत कार्तिक २० गते तामझामका साथ उद्घाटन गरिएको अन्लाईन ट्रेडिङ कोसेढुङ्गा सावित हुन्छ भन्ने लाखांै लगानी कर्तालाई लागेको थियो । तर १९ करोड भन्दा बढी खर्च गरेर ल्याईएको अनलाईन ट्रेडिङमा १५ (पन्ध्र) दिन भन्दा बढी समय सम्म पनि कुनै सुधार नआएकोमा हाम्रो संघको गम्भीर ध्यानाकर्षण भएको छ । 

अन्तर्राष्ट्रिय बजारको इतिहास हेर्दा अनलाईन आएपछि ६०% सम्म बजार बढेको र अनलाईन ट्रेडिङ आएपछि बजार राम्रो हुन्छ भन्ने हामी लगानी कर्ताले सुनेका पढेका थियौं त्यही आधारमा हाम्रो बजार पनि राम्रो हुन्छ भन्ने भन्दै लगानीकर्ताले सेयरमा लगानी गरेका छन्। 

null

तर अनलाईन ट्रेडिङमा पन्ध्रौं दिन सम्म पनि कुनै सुधार नदेखिएकोले कतै यो अनलाईन असफल बनाउन लागिएको त होईन भन्ने आंशका हाम्रो संघलाई लागेको छ । अनलाईनको यस्तो पारा देखेर लगानीकर्ता निराश हुँदा अनलाईन आएपछि निरन्तर बजार घटिरहेकोे कुरा अवगत गराउँदै तुरुन्तै यो अनलाईन ट्रेडिङमा सुधार गरि एक दुई दिन भित्रमा लगानी कर्ताको हातमा अनलाईन सुम्पिनको लागि हाम्रो संघले जोडदार माग गर्दछ । 

यदि अनलाईन ट्रेडिङमा अब पनि कुनै सुधार आएन र लगानी कर्ताले अनलाईन मार्फत सेयर कारोवार गर्न पाएन भने सबै संघहरुको अगुवाइमा हजारौं लगानीकर्ता ल्याएर नेप्से घेर्न बाध्य हुनेछाै। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *