खेलकुदको विकासमा महिला सहभागीता आजको आवश्यकता: सांसद विशखे

काठमाडौं, कात्तिक २६ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ स्थित मण्डला ब्याडमिन्टन हलमा मण्डला आन्तरिक ब्याडमिन्टिन प्रतियोगिता सम्पन्न भएको छ । 

बिभिन्न ३२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता कार्तिक ११ गतेबाट सुरु भइ १६ गते सम्पनन भएको हो । समापन समारोहमा प्रथम, द्धितिय र तृतिय प्रतियोगिलाई शिल्ड प्रमाणपत्र र आकर्षक पुरस्कार वितरण गरिएको छ । 

 

null

समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सांसद अन्जना विशखेले अब यस्ता प्रतियोगिता पुरुषका लागि मात्र नभई महिलाहरुका लागि पनि आयोजना गर्नु पर्ने बताईन । 

 उनले “मण्डलाले अब महिलाहरुका लागि पनि ब्याडमिन्टन प्रतियोगिता गराउन पहल गर्नु पर्ने आज आवश्यकता हो, खेलकुदको विकासमा मैले गर्नु पर्ने कार्यमा म प्रतिबद्ध छु । ” सांसद विशखेले भनिन् 

यस्तै ब्याडमिन्टन प्रतियोगिता आयोजक समितिका अध्यक्ष देबेन्द्र प्रधानले खेल मनोरञ्जनका लागि खेल्नु मात्र नभइ नीति नियम र अनुशासित भएर खेलेको खण्डमा राज्य सञ्चालन गर्न समेत यस्ता खेलका खेलाडीहरुबाट सिक्नु पर्ने बताए । 

 

साथै ब्याडमिन्टन कपलाई क्रिक्रेट वल्र्डकफलाई जस्तै चन्द्रागिरिहिलमा लैजाने जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने समाजसेवी र व्यक्तिहरुलाई लाई सम्मान पनि गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *