गैँडा मृतअवस्थामा फेला

कात्तिक, १५ कावासोती । नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतअवस्थामा फेला परेको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताए । 

चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेको र शवपरीक्षणपछि मृत्युको कारण यकिन हुने सहायक संरक्षक अधिकृत अर्यालले बताए । दुई वटा गैँडा जुधेर घाइते भएर सो गैँडा मरेको हुनसक्ने उनको भनाई छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *