सरकार पाँच बर्षका लागी हो, त्यही अनुसार परिणाम दिन्छौं : उर्जामन्त्री पुन
काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धी भएको बताएका छन् । स्क्यापको २८ औं वार्षिक उत्सव कार्यक्रममा मंगलबार बोल्दै मन्त्री पुनले अबको गन्तव्य नै विकास भएको दोहोर्याए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्घकालिन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सबैको सहयोग आवश्यकता रहेको बताएका छन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले दिर्घकालिन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सहि होईन, हामीले यो विचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौं, छिट्टै देखिने गरी अरु काम हुन्छ’, मन्त्री पुनले भने ।
null
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले आफुहरु राज्यको शासन गर्ने तरीका नै बदल्ने गरी काम गरिरहेको दाबी गरे ।
बिगतमा सरकार अस्थिर हुंदा विकास निर्माणमा असर परेको भन्दै मन्त्री पुनले वर्तमान सरकारको सम्पुर्ण ध्यान देशको विकास र समृद्धीका लागी जाने बताएका छन्।
वर्तमान सरकार पांच वर्षका लागी चुनिएको भन्दै सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने धारणा राखेका छन् ।
‘म कसैलाई पनि व्यक्तिगत रुपमा आरोपित गर्न चाहन्न,तर हामी सबैले विगतजस्तो अस्थिर सरकार हो काम नगरे पनि हुन्छ भन्ने नसोचौं, यो सरकार स्थायी सरकार हो । हामीले मुलुकका लागी आ–आफ्नो ठाउंबाट योगदान दिनैपर्छ’, मन्त्री पुनले भने ।
धेरैले अरुलाई आरोपित मात्र गर्ने तर,आफुलाई प्राप्त जिम्मेवारी पुरा नगर्ने प्रवृतिले समस्या उत्पन्न भएको बताएका छन् ।
मन्त्री पुनले विगतका सरकारले मुलुकमा विकासको जग बसाल्न नसकेको प्रशंग उल्लेख गर्दै वर्तमान सरकारले विकासको जग बसाल्न खोजेको दाबी गरे ।
उर्जामन्त्रालयले जलविद्युत र सिंचाई क्षेत्रका ठुला आयोजनाहरु अघि बढाउने तयारी गरिरहेको भन्दै त्यसबाट देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । देश विकासको चालक शक्ति उर्जा र सिंचाई भएको भन्दै त्यसमा आफुले परिणाम दिने गरी काम गरिरहेको दाबी मन्त्री पवुनको छ ।
मन्त्री पुनले ८ मेगावाट दुधकोशी जलविद्युत आयोजना अघि बढाउने तयारी भएको भन्दै त्यसबाट उत्पादन हुने विजुली भारत र बङगलादेशलाई बेच्ने जानकारी समेत दिएका छन् ।