१६ लाख बढीको एनटीसीको रिचार्ज ससुरालीमा

कात्तिक १५, काठमाडौँ । एनटिसीको रिचार्ज कार्ड चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

१६ लाख १० हजार रुपैयाँ बराबरको रिचार्ज कार्डसहित रोल्पा माडी गाउँपालिका–१ का २१ वर्षे दलबहादुर पुन पक्राउ परेका हुन् । 

टेलिकमको रिचार्ज कार्ड चोरी भएको उजुरी परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको हो । उनले रिचार्ज कार्ड चोरी गरेर बिक्रि गरेको आरोप छ ।  

null

प्रहरीले उजुरी परेको २१ दिनपछि पुनकाे ससुराली प्यूठान स्वर्गद्वारी नगरपालिका–७ मा लुकाइ राखेको अवस्थामा रिचार्ज कार्ड बरामद गरेको जनाएको छ ।  

पक्राउ परेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *