पोखरा प्रिमियर लिगः बुटवलमाथि धनगढीको जित

कात्तिक १५, पोखरा । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीयल) क्रिकेट प्रतियोगिता अन्तर्गत एक्सपर्ट धनगढी ब्लुज विजयी भएको छ । 

बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गर्दै एक्स्पर्ट धनगढी ब्लुज विजयी भएको हो । जारी प्रतियोगितामा धनगढीले दोस्रो जित हात पारेको हो। 

धनगढीले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४१ रन मात्रै बनायो । 

null

बुटवलका लागि चिराग सुरीले अर्धशतक प्रहार गरे। उनले ५४ बलमा १२ चौका र १ छक्का प्रहार गरे । प्रकास केसीले ४, सागर पुनले १ र रोहान मुस्तफाले २० रन बनाए । मुस्ताफाले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै भीम सार्कीले ५ रन बनाए भने सिद्धान्त लोहनी १२ रन बनाए । कप्तान सोमपाल कामी १२ रनमै आउट भए ।बलिङमा सागर ढकालले २ विकेट, ड्यानियल लरेन्सले १ र कमलसिंह ऐरीले १ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । 

ओपनिङमा आएका दिलिप नाथ र सुबेन्दु पाण्डे १०/१० रन बनाउँदा आउट भएका थिए । पिटर ट्रेगोले १४ रन बनाए भने दिपेन्द्र सिंह ऐरी र डान लोरेन्सले १ सय ८ रनको साझेदारी गरे । 

लोरेन्सले ३९ बलमा ५२ रन बनाउँदा आउट भए भने दिपेन्द्रले ३९ बलमा ५६ रन बनाए । सौरभ खनालले ४ बलमा १३ रन बनाएका थिए । 

बुटवलका विपिन खत्रीले दुई साथै रोहन मुस्तफा र अविनाश बोहराले एक/एक विकेट लिएका थिए । 

यो सँगै प्लेअफ समिकरण रोमाञ्चक मोडमा पुगेको छ । तालिकामा विराटनगर बाहेक पाँच टिमको समान ४–४ अंक भएको छ । ६ टिमकै प्लेअफको सम्भावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *