ग्राहकलाई घरदैलोमा बैंकिङ्ग सेवा पुर्याउँदै सिद्धार्थ बैंक

कात्तिक १८, धरान । बैंक तथा वितिय संस्थाहरु शनिबार बन्द हुने गर्दछन् । तर शनिबार बैंक बिदा भएतापनि सिद्धार्थ बैंकका कर्मचारीहरुले ग्राहकका घरदैलोमा बैंकिङ्ग सेवा पुर्याएका छन् । 

सिद्धार्थ बैंक धरान शाखा प्रबन्धक दीपक कुमार थापा लगायत उनका टीमले साविक धरान–३३, हाल धरान–६ पानमारीका घरघरमा गएर शेयरको डिम्याट खाता, सि–आस्वा प्रणाली, बैंकिङ्ग चेतना, बैंकिङ्ग सेवा लगायतका जानकारी दिए । 

धरान–६ स्थित पानीमारीका कपडा पसल, वर्कसप, भाँडापसल, होटल, सर्वसाधारणका दैलो दैलोमा गएर सेवा र सचेतना फैलाउन बिदाको सदुपयोग गरेको शाखा प्रबन्धक थापाको भनाइ छ । 

null

 

गाउँघरमा महङ्गो ब्याजदरमा उपलब्ध गराउने ऋण सिद्धार्थ बैंकले सर्वसुलभ ब्याजका दरले दिइरहेको र बचतमा ७ प्रतिशतसम्म ब्याज प्रदान गरिएको थापाले त्यहाँका व्यापारी तथा सर्वसाधारणहरुलाई बुझाएका थिए । 

बैंकिङ्ग कारोबार गर्दा आफ्नो व्यवसायको स्तरमै परिवर्तन हुने र सहजताका लागि सहयोग पुग्ने थापाले दाबी गरे । 

सिद्धार्थ बैंक धरानको टोली मोरङ्गको केराबारी गाउँपालिका अन्तर्गत डागी भन्ने ठाउँमा पुग्दा त्यहाँ कुनै बैंकका शाखा देखेनन् । यस्तो अवस्थामा प्रबन्धक थापाले बैंकको शाखा खोल्न पहल गरिने त्यहाँका स्थानीहरुलाई आश्वासन दिएका थिए । 

प्रत्येक घरबाट एक व्यक्ति कोरिया गएको र बचतका लागि कुनै बैंक नभएकोमा दुखेसो गाउँलेहरुले दुखेसो पोखे । 

डागीमा हार्ड्वेयर ,किराना पसल सञ्चालक, कृषकहरुलाई आवश्यक पर्ने ऋण र बचतका लागि बैंकको शाखा आवश्यक रहेको व्यवसायीहरुले बताए । 

पछिल्लो समयमा बैंकहरुले सबै स्थानीय तहमा बैंक शाखा पुर्याउनु पर्ने नीति रहेको र अझै पनि पुर्वाधारको अभावमा केही कठिनाइहरुका कारणले गाउँ–गाउँमा बैंक नपुगेको जानकारहरुको भनाइ छ । 

डागीका स्थानीय बासिन्दाको समस्यालाई मध्यनजर गर्दै धरान शाखाबाट स्टाफ गएर बचत तथा ऋण लगान्ययत अ बैंकिङ्ग सेवासुविधा दिन सकिने बताउँदै प्रबन्धक दीपक कुमार थापाले भने, ‘बढ्दो बजार र प्रशस्त सम्भावना भएको ठाउँमा हामी सेवा दिन लालयित छौँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *